सहकारी ठगी आरोपमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत लगिएको छ ।
शुक्रबार काठमाडौंबाट पक्राउ परेलगत्तै पोखरा पुर्याइएका लामिछानेलाई म्याद थप गर्नका लागि आइतबार बिहान प्रहरीले अदालत लगेको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहित तीनवटा मुद्दा उनीविरुद्ध चलाउने प्रहरीको तयारी छ ।
प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार
