२०८३ मंसिर ११ , शुक्रबार 28, November 2026, Saturday

कास्कीमा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त

सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराउने भएपछि शहीद चोकमा परिचालित सुरक्षाकर्मी ।

जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गरेको छ । कास्की जिल्ला अदालत, शहीद चोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको रास्वपालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ ।

अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा शहीद चोकमा नाराबाजी गरिरहेका छन् । निषेधित क्षेत्रबाट रास्वपा नेता कार्यकर्तालाई हटाउन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । निषेधित क्षेत्रभित्र प्रवेश गरी रास्वपा कार्यकर्ताले प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।

प्रदर्शनका क्रममा प्रहरी र रास्वपाका कार्यकर्ताबीच झडपसमेत भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न प्रहरीले पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई शुक्रवार साँझ पक्राउ गरेपछि नेता, कार्यकर्ता आन्दोलित छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार