२०८३ मंसिर ११ , शुक्रबार 28, November 2026, Saturday

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम रसमयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो । केन्द्रका अनुसार किसानको मौसम अनुकूल भएकाले धानको उत्पादन बढेको तर यसलाई मापन गर्न ‘क्रस कटिङ’को विधि अनुसार तथ्याङ्क आउनुपर्छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले उनले त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए । ‘हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिनुहुन्छ, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ,’ उनले भने । जिल्लाको ३४ हजार ५०२ हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ ।

यसवर्ष प्रति हेक्टर कम्तीमा ४.३ मेट्रिकटन धान उत्पादन हुने उनको अनुमान छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ वैजापुर निवासी हरेराम चौधरीले गतवर्ष भन्दा यसवर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने बताए । उनले समयमा नै पानी परेको र समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने तर्क गरे ।

प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार