सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक अनियमिततामा मुछिएपछि प्रहरी प्रमुख हेडक्वार्टर तानिए

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खोसेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआइजी दानबहादुर कार्कीले उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए । ‘मोरङका एसपीको हेडक्वार्टरमा सरुवा भएको हो,’ प्रवक्ता कार्कीले भने, ‘सरुवाको कारणबारे भने मलाई जानकारी भएन ।’

प्रवक्ता कार्कीले सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ । उनको जिम्मेवारी खोस्दै उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार १२:५७

लोकप्रिय