विशेषगरी हिन्दु धर्ममा आस्था राख्नेहरूले घरमा राधाकृष्णको तस्वीर सजाएर राख्ने गरेको पाइन्छ । त्यसमा पनि विवाहित दम्पतीले आफू सुत्ने कोठाको भित्तामा राधाकृष्णको तस्वीर राख्ने गर्दछन् ।
वास्तुशास्त्र अनुसार घरमा भएको दोषका कारण पति पत्नीबीचको सम्बन्धमा समस्या आउन सक्छ । वास्तुका अनुसार घरको दोषका कारण सन्तान सुख प्राप्तिमा पनि असर पर्न सक्छ ।
यस्तो अवस्थामा पतिपत्नीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि शयन कक्ष (सुत्ने कोठा)को भित्तामा राधाकृष्ण तथा फूलेको गुलाबको तस्वीर राख्दा फाइदा पुग्छ । किनकि गुलाबलाई प्रेमको प्रतीक मानिन्छ ।
राधाकृष्णको तस्वीर देख्दा मनमा प्रेमको भावना उत्पन्न हुन्छ । ज्योतिष शास्त्रका अनुसार राधाकृष्णको तस्बिर शयन कक्षको भित्तामा लगाउँदा पतिपत्नी बिचको आपसी प्रेम कसिलो बन्ने जनविश्वास रहेको पाइन्छ ।
प्रकाशित मिति : २०८१ साउन २ गते बुधबार
