सूचनाको शक्ति - The Power Of Information

        

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि महँगियो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः उकालो लागेको छ । दुई सातामा प्रतिब्यारेल औसत १० प्रतिशतले कच्चा तेलको भाउ बढेको छ ।

जेठ २२ गते प्रतिब्यारेल ७७.५२ डलर रहेको ब्रेन्ट कच्चा तेलको भाउ हाल ८१ डलर नाघेको छ । सोही अवधिमा डब्लूटीआई कच्चा तेलको भाउ ७३.२५ बाट ८१.५ डलर पुगेको छ ।

दुई साताको अवधिमा मुर्बान तेलको भाउ प्रतिब्यारेल ७८.०६ बाट ८४.६ डलर कायम भएको छ । अमेरिकाले मौज्दात केही बढाउन थालेसँगै मूल्यवृद्धिमा टेवा पुगेको हो ।

अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (एपीआई)को तथ्यांकअनुसार एक सातामा अमेरिकी मौज्दात २२ लाख ब्यारेल बढेको छ । जसले गर्दा कच्चा तेलको भाउ बढ्न पुगेको सञ्चामाध्यम आयलप्राइसले जनाएको छ ।

त्यस्तै ओपेक प्लसले यो वर्षको अन्त्यतिर तेलको उत्पादन थप कटौती गर्ने संकेत गर्नुले पनि मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनले नेपालमा पनि असर पार्दछ ।

कच्चा तेलको मूल्य घट्दा भारतीय आयल कर्पोरेसनले नेपाललाई दिने तेलको मूल्य पनि घट्न जान्छ । परिवर्तन भएको मूल्य अनुसार नेपाल आयल निगमले १५–१५ दिनमा नयाँ मूल्य तय गर्दै आएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार १०:०३

लोकप्रिय