सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्पको पुनर्निर्माण गर्न २१ अर्ब विनियोजन

सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा आएको भूकम्पका कारण भएको क्षति पुनर्निर्माणका लागि २१ अर्ब रुपैयाँ छुट्याएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो।

सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनर्निर्माण प्रक्रिया अघि बढाउने घोषणा गरेको छ। स्वास्थ्य संस्था, विद्यालयको शीघ्र पुनर्निर्माण गर्ने सरकारको घोषणा छ। यसका लागि २१ अर्ब ६० करोड विनियोजन भएको हो।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:४१

लोकप्रिय