क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने आफ्नो सपना पूरा नभएपनि देशको सपना पूरा भएकोमा खुसी भएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा सन्दीप लेख्छन्, ‘साँच्चै, मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने, मेरो देशको सपना पूरा भएको छ ।’
बलात्कार मुद्धामा उच्च अदातलते सन्दीपलाई सफाइ दिएपपछि उनको विश्वकप खेल्ने सपना पूरा हुने भएको थियो । तर अमेरिकी दुतावासले उनलाई भिषा दिन अस्वीकार गरेपछि उनको विश्वकप खेल्ने सपना अधुरै रहने देखिएको छ ।
दूतावासले सन्दीपलाई भिषा दिन अस्वीकार गरेपछि अहिले उच्च तहबाट नै उनलाई भिसा दिलाउन पहल भइरहेको छ । यद्यपी अमेरिकाले उनलाई भिसा दिने सम्भावना भने कम छ । भिसा पाउने नपाउने अन्योलताकैै बीच सन्दीले सोमबार सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।
विश्वकपका लागि सन्दीपलाई भिषा दिन पहल गर्नका लागि सोमबार मात्रै नेपाल क्रिकेट (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारी र सन्दीपले परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका थिए । सोमबार दुतावास बन्द रहेकाले मंगलबार आफुले पहल गर्ने मन्त्री श्रेष्ठले बताएका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं