राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ ।
खुद नाफा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म राष्ट्रिय बीमा कम्पनीले ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २४.७८ प्रतिशत कम हो । गत वर्षको यसैअवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चुक्ता पुँजी
तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको छ ।
रिटेन्ड अर्निङ
सोही अवधीसम्म कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ । यसको बिमा कोषमा १ अर्ब ११ करोड रकम छ ।
बिमा शुल्क
बिमा शुल्क संकलन पनि ६३.२० प्रतिशतले घटेर १० करोड १६ लाख रुपैयाँमा झरेको छ ।
प्रतिसेयर आम्दानी
तेस्रो त्रैमाससम्मआइपुग्दा यो कम्पनीको प्रतिसेयर आम्दानी १९३.६५ रुपैयाँ पुगेको छ ।
प्रतिसेयर नेटवर्थ
कम्पनीको प्रतिसेयर नेटवर्थ १६११.२९ रुपैयाँ पुगेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ