२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

शेयर बजार आज पनि राताम्मे

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख २४ गते सोमबार

लगातार दोस्रो दिन आज पनि शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६२ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज विकास बैंक बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज बोटलर्स नेपाल तराईको शेयर नौ प्रतिशतले बढेको छ ।

आज ६९ लाख ७८ हजार कित्ता शेयर दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्सको ३१ करोड ९८ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख २४ गते सोमबार