२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

जेठ १ गतेदेखि लागु हुने गरी १० प्रतिशतले घट्यो ब्रोकर कमिसन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख २४ गते सोमबार

नेपाल धितोपत्र बोर्ड (सोबेन) ले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ।

बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले जेठ १ गतेदेखि लागु हुने गरि ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।

यस अघि धितोपत्र बोर्डमा अध्यक्ष नभएकै कारण यो निर्णय हुन सकिरहेको थिएन। आइतबार अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक रितेश शाक्यसमेत उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो।

‘हिजो सञ्चालक समितिको बैठक बसेर ब्रोकर कमिसन प्रस्ताव अनुसार नै १० प्रतिशतले घटाउने निर्णय गरेको छ,’ धितोपत्र बोर्डका एक सञ्चालकले भने, ‘जेठ १ गतेदेखि लागु हुने गरी यस्तो निर्णय भएको हो। तर यसमा सबै सञ्चालकको हस्ताक्षर हुन बाँकी छ।’

हाल शाक्य धितोपत्र बोर्डको अध्यक्षको हैसियतमा समेत छन् । वैशाखबाट कायममुकायम अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयबाट बोर्डको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका रितेश कुमार शाक्यले पाएका थिए।

प्रकाशित मिति : २०८१ वैशाख २४ गते सोमबार