२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको भाउ तोलामै दुई हजारले बढ्यो, चाँदी पनि महङ्गियो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख २० गते बिहीबार

नेपाली बजारमा आज सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला १ लाख ३४ हजार ५सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

बुधबार चाँदी प्रतितोला १६३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ वैशाख २० गते बिहीबार