२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख १९ गते बुधबार

आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला २७ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ वैशाख १९ गते बुधबार