मालदिभ्समा ‘भारत छोड’ अभियान चलाएर चर्चामा आएका राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेशनल कांग्रेस (पीएनसी)ले संसदमा भारी बहुमत हासिल गरेको छ ।
आइतबार ९३ सिटका लागि मतदान भएको थियो । तीमध्ये मुइज्जुको पार्टीले ६६ सिटमा जित हासिल गरेको मालदिभ्सको चुनाव आयोगले जनाएको छ । यसैगरी पूर्वराष्ट्रपति मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)ले १२ र स्वतन्त्र उम्मेदवारहरुले १० सिट जितेका छन् ।
गत वर्ष सेप्टेम्बरमा भारत निकट मानिने मोहमम्द सोलिहलाई हराएर चीन निकट मानिने मुइज्जु राष्ट्रपति बनेका थिए । तर संसदमा भने सोलिहकै मालदिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो ।
चुनाव आयोगका अनुसार आइतबार स्थानीय समय अनुसार साँझ पाँच बजेसम्म करिब दुई लाख जनाले मतदानमा भाग लिएका थिए । ७२.९६ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
९३ सिटका लागि भएको निर्वाचनमा ३६८ जना उम्मेदवार थिए । तीमध्ये १३० उम्मेदवार स्वतन्त्र थिए । मालदिभ्सको मिडिया हाउस द एडिसनका अनुसार यो चुनाव राष्ट्रपति मुइज्जुको ६ महिने कार्यकालको परीक्षा थियो ।
उनी सन् २०२३ को सेप्टेम्बरमा ‘इण्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति चुनिएका थिए । उनले भारतीय सेनालाई ६ महिनाभित्र मालदिभ्स छाड्न भनेका थिए ।
भारतविरोधी उनको कदमले दुई देशबीचको सम्बन्ध बिग्रिएको छ । भारतले पनि मालदिभ्सका कूटनीतिज्ञहरुलाई भारत छाड्न निर्देशन दिएको थियो ।
साथै मालदिभ्स भ्रमणका लागि भनेर भारतीयहरुले गरेको होटल बुकसमेत रद्द गराइएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ