नेपाल अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा ‘अनसंग हिरोज २०२४’ अवार्डबाट सम्मानित भएका छन् ।
क्यालिफोर्नियाका २४ औं जिल्ला सभा सदस्य एलेक्स लीले थापालाई सम्मान गरेका हुन् ।
थापालाई नेपाली र अमेरिकाका विभिन्न शहरका किशोरीहरुको लागि आत्मरक्षात्मक मार्शल आर्ट प्रशिक्षण मार्फत सशक्तिकरणमा योगदान पुर्याएबापत क्यालिफोर्नियामा सम्मान प्रदान गरिएको हो ।
गैरनाफामुखी संस्था एक्शन फर नेसन्सका अध्यक्ष र संस्थापक समेत रहेका थापाले संस्थामार्फत भारत र नेपालका सडक मानव तथा पशुहरुलाई व्यवस्थापन तथा आश्रय प्रदान गर्दै आएका छन् ।
त्यस्तै उनले नेपालमा उत्पादित अर्गानिक खाद्य बस्तुहरु तथा हस्तकलाका सामग्रीहरु अमेरिकाका विभिन्न शहरहरुमा निर्यात गरी नेपाली उद्यमशिलतालाई उत्प्रेरित गर्दै आएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ