२०८३ जेठ २६ , मंगलबार 9, June 2026, Tuesday

सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ वैशाख ३ गते सोमबार

सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।

हिजो एक लाख ३६ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर तोलाको एक लाख ३७ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार सात सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ वैशाख ३ गते सोमबार