इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राजस्थान रोयल्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७ : ४५ बजे सुरु हुनेछ । १७औँ संस्करणमा खेल्न लागिएको यो २४औँ खेल हो ।
जारी सिजनको आईपीएलमा राजस्थान रोयल्सको यो पाँचौँ खेल हो । राजस्थान रोयल्स यसअघि आफूले खेलेको सबै खेल जित्ने एक मात्र टोली पनि हो । राजस्थान आठ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ
राजस्थानले पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सलाई २० रनले र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराएको थियो । तेस्रो खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको थियो । चौथो खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले हराएको थियो ।
यसैगरी गुजरात टाइटन्सको भने यो छैटौँ खेल हो । गुजरातले यसअघि खेलेको पाँचमध्ये दुई खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । गुजरात टाइटन्स चार अंकसहित तालिकाको सातौँ स्थानमा आसीन छ ।
आफ्नो पहिलो खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । दोस्रो खेलमा गुजरात चेन्नई सुपर किङ्ससँग ६३ रनले हारेको थियो । तेस्रो खेलमा गुजरातले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो ।
यसैगरी गुजरातलाई चौथो खेलमा पन्जाब किङ्सले तीन विकेटले र पाँचौँ खेलमा लखनउ सुपर जाइन्ट्सले ३३ रनले हराएका थिए । समग्रमा गुजरातले जारी सिजनको आईपीएलमा गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । बुधबारको खेलमा राजस्थान आफ्नो विजययात्रा जारी राख्ने धुनमा हुनेछ भने गुजरात तेस्रो जितको खोजीमा हुनेछ ।
राजस्थान र गुजरातले हालसम्म एक–एकपटक आईपीएलको उपाधि चुमिसकेका छन् । राजस्थान रोयल्सले सन् २००८ मा आईपीएलको उपाधि जितेको थियो । गुजरात टाइटन्सले भने सन् २०२२ मा आईपीएलको उपाधि हात पारेको थियो ।
सम्भावित टोली
राजस्थान रोयल्स – संजु सामसन (कप्तान एवं विकेटकिपर), यशस्वी जैसवाल, जस बट्लर, रियान पराग, ध्रुव जुरेल, शिमरन हेटमायर, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, नान्द्रे बर्गर र आवेश खान । इम्प्याक्ट प्लेयर ः शुभम दुबे र रोभमन पावेल ।
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), बीआर शरथ (विकेटकिपर), साई सुदर्शन, विजय शंकर, राहुल तेवतिया, राशिद खान, नुर अहमद, स्पेन्सर जोन्सन, मोहित शर्मा, उमेश यादब र दर्शन नालकंडे । इम्प्याक्ट प्लेयर ः केन विलियम्सन, म्याथ्यू वेड र शाहरुख खान ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ