२०८३ असोज ७ , बुधबार 23, September 2026, Wednesday

सतुंगलको एक घरमा आगलागी

काठमाडौंस्थित सतुंगलको एक घरमा आगलागी भएको छ । अहिले आगो नियन्त्रणमा लागि दमकल पुगेको थानकोट प्रहरीले जनाएको छ ।

थानकोटका डएसपी सूर्य सुवेदीका अनुसार आगो नियन्त्रणको प्रयास जारी छ । बिजुली सर्ट भएर आगलागी भएको आशंका गरिएको छ ।

अहिले स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत २६ गते सोमबार