नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ