सन् २०२२ मा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा प्रमाणित गरेका भेनेजुएलाका जुआन भिसेन्ट पेरेज मोराको ११४ वर्षको उमेरमा निधन भएको छ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल एक्समा शोक सन्देश जारी गर्दै जुआन भिसेन्ट पेरेज मोराको निधन भएको पुष्टि गरेका छन्।
पेरेज ११२ वर्ष २५३ दिनको उमेरमा रहेकै समय तत्कालिन समयमा जीवित व्यक्तिहरूमध्ये उनको नाम गिनिज बुक्समा विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा दर्ता भएको थियो।
एघार सन्तानका पिता रहेका पेरेज मोराका सन् २०२२ सम्ममा तीन पुस्ता गरी ७१ जना पारिवारिक सदस्य थिए।
टिओ भिसेन्टे को नामले चिनिने भेनेजुयली किसान पेरेज मोराको जन्म २७ मे १९०९ मा एन्डियन राज्य ताचिराको एल कोब्रे शहरमा भएको थियो र उनी १० सन्तानमध्ये नवौं सन्तान थिए।
सन् २०२२ को गिनिज स्टेटमेन्टमा भनिएको छ, “पाँच वर्षको उमेरमा उहाँले आफ्ना बुबा र दाजुहरूसँग कृषि पेशामा संलग्न हुन थाल्नुभएको थियो। उहाँको परिवार उखु र कफी उत्पादनका लागि काम गथ्र्यो।
शुरूमा कृषकका रूपमा भूमि र पारिवारिक विवादहरू समाधान गर्न जिम्मेवार पेरेजले कानुन अधिकारीका रूपमासमेत काम गरेका थिए।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ