२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday
सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

प्रतितोला १ लाख ३४ हजार रुपैयाँ
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत २२ गते बिहीबार

अघिल्लो दिन प्रतितोला १ हजार ८ सय रुपैयाँ बढेको सुन बिहीबार पनि १ हजारले बढेको छ । बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजारमा सुनको मूल्यमा एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ ।

यसअघि आइतबार १ लाख ३० हजारमा कारोबार भएको सुन सोमबार फेरि १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा कारोबार भएको थियो भने बुधबार १ लाख ३३ हजार पुगेको थियो ।

सुनको मात्रै नभइ चाँदीको पनि मूल्य बढ्दै गएको छ । बुधबार तोलाको १ हजार ६१० मा कारोबार भएको चाँदी बिहीबार १ हजार ६५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बढ्दै गएपछि नेपाली बजारमा असर परिरहेको छ ।

प्रकाशित मिति : २०८० चैत २२ गते बिहीबार