२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत २२ गते बिहीबार

 गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले  जानकारी दियो ।

तीन कलाकारबाहेक उनीहरूसँगै अन्य पाँचजना पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : २०८० चैत २२ गते बिहीबार