२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्य आकासियो, प्रतितोला १ लाख ३१ हजार ६ सयमा कारोबार

चाँदी पनि तोलामा १० रुपैयाँले वृद्धि
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत १९ गते सोमबार

स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । सोमबार सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतिलोला एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत १९ गते सोमबार