२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सूनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत १८ गते आइतबार

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ ।

यो मूल्य गत शुक्रबारकै मूल्य हो । शुक्रबार एकै दिन २१ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गर्दै छापावाल सुन प्रतितोला १ लाख ३० हजार र तेजाबी सुन १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य गत शुक्रबार बराबरकै हो ।

प्रकाशित मिति : २०८० चैत १८ गते आइतबार