शुक्रबारबाट प्रदर्शन भएको फिल्म `माहाजात्रा´ले व्यापारमा आफ्नो बलियो स्टारडम देखाएको छ ।
निर्माण टिम षट्कोण आर्ट्सले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार फिल्मले पहिलो दिन (शुक्रबार) १ करोड २३ लाख र दोस्रो दिन (शनिबार) १ करोड ८६ लाखसहित दुई दिनमा ३ करोड ६ लाख कमाएको हो ।
काठमाडौंसँगै मोफसलका ठूला सहरहरुमा पनि फिल्मको व्यापार राम्रो छ । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल आदिको अभिनय छ ।
मध्यान्तरअघिको कमेडी पाटोलाई दर्शकले बढी रुचाएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ