बाँकेमा ४ लाख बढीको भन्सार छलीका सामान बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ४ लाख ३४ हजार मूल्य बराबरको सामान बरामद गरेको जनाएको छ ।
कपडा, प्रफ्युम (सेन्ट), जुत्ता, चिनी, सुर्ती, लागायतका समानहरु फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैधरुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ती सामान बरामद गरेको हो ।
आवश्यक कारवाहीको लागि सामानहरु भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके