हप्ताको पहिलो दिन शेयर बजार आज दोहोरो अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ विन्दुमा झरेको छ ।
आज विकास बैंक, फाइनान्स र उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्तको शेयर झण्डै आठ प्रतिशतले ओरालो लागेको छ ।
समग्रमा बजार घटेको दिन आज सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशत र गुराँस लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।
आज ८४ लाख छ हजार कित्ता शेयर तीन अर्ब ३८ करोड ७९ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको ४१ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ