२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

कोसी प्रदेश ट्रफी क्रिकेटको उपाधि भिडन्त आज, आर्मी र कर्णाली खेल्दै

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत ३ गते शनिबार

काठमाडौं – कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ ।

उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दै छन् ।

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा हुने खेल आज मध्याह्न १२ बजेदेखि हुने तय भएको छ ।

सेमिफाइनलमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । त्यस्तै, कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २०८० चैत ३ गते शनिबार