२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० चैत १ गते बिहीबार

सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै छ ।

गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो ।

जसअनुसार आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दैछन् ।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थप्ने निर्णय गरेपछि आयोगले आफ्नो काम पुरा गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० चैत १ गते बिहीबार