२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घट्याे

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ३० गते बुधबार

आइतवार भाउ बढेर रेकर्ड बनाएको सुन आज तोलामा एक हजार रुपैयाँले घटेको छ । आइतवार तोलाको एक लाख २६ हजार रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च भएको थियो ।

अस्ति सोमवार र हिजो मंगलवार आइतबारकै भाउमा कारोबार भएको सुन आज तोलामा एक हजार रुपैयाँ घटेर एक लाख २५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रवार सुनको भाउ तोलाको एक लाख २५ हजार रुपैयाँ थियो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको भाउ प्रतितोला एक हजार चार सय ६५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०८० फागुन ३० गते बुधबार