२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

नेपालगन्जमा ‘रङ्ग-ए-गजल’ विमोचन

सत्यपाटीसत्यपाटी । बाँके । २०८० फागुन २७ गते आइतबार

बाँकेका उर्दू साहित्यकारहरुको संस्था ‘गुल्जारे अदब’ नेपालगन्जको आयोजनामा यहाँ डाक्टर कृष्णजंग राणाको कृति ‘रङ्ग-ए-गजल’ को विमोचन, समीक्षा तथा ‘मासिक गजल गोष्ठी’ सम्पन्न गरिएको छ ।

वरिष्ठ उर्दू साहित्यकार अब्दुल लतिफ ‘शौक’ को अध्यक्षता तथा समाजसेवी, उद्योगपति पशुपतिदयाल मिश्रको प्रमुख आतिथ्यमा कृति विमोचन, समीक्षा तथा ‘मासिक गजल गोष्ठी’ सम्पन्न भएको हो।

गुल्जारे अदबका सचिव मुस्तफा कुरैशी ‘अहसन’ द्वारा सञ्चालित सो कार्यक्रममा उद्योगपति एवं समाजसेवी मिश्रले डाक्टर कृष्णजंग राणाको कृति ‘रङ्ग–ए–गजल’ को विमोचन गर्नुभयो ।

सो अवसरमा वरिष्ठ शायर अब्दुल लतिफ शौक, विष्णुलाल कुमाल, मौलाना रफिउद्दीन अन्सारी भारतीय साहित्यकार शाहनवाज खान, रोशन जमीरलगायतले समिक्षात्मक मन्तव्य राख्दै डा. राणाले ‘रङ्ग–ए–गजल’ लेखेर उर्दू साहित्यको ठुलो सेवा गर्नुभएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० फागुन २७ गते आइतबार