२०८३ वैशाख १८ , शुक्रबार 2, May 2026, Saturday

सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन १६ गते बुधबार

सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। आवेदकले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ जारी गरेको हो ।

सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेगतेदेखि कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको हो।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८० फागुन १६ गते बुधबार