२०८३ वैशाख १६ , बुधबार 30, April 2026, Thursday

सुनको भाउ आज स्थिर, चाँदीको घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन १५ गते मंगलबार

 सुनको भाउ आज स्थिर रहेको छ । हिजो एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज पनि यही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको हो । हिजो एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने एक हजार तीन सय ८० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८० फागुन १५ गते मंगलबार