प्रदेश लोक सेवा आयोग कोशी प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्रदेश निजामती सेवाअन्तर्गत वन सेवा, जनरल फरेस्ट्री समूहतर्फ आधारभूत तह, वन रक्षक पदमा दरखास्त आह्वान गरेको हो ।
खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत २२१ पदमा पदपूर्ति गर्न लागिएको आयोगले जनाएको छ ।
दरखास्त छिटोमा चैत ४ गतेसम्म बुझाउन सकिनेछ । त्यस्तै, दोब्बर दस्तुर तिरी थप एक हप्ता अर्थात् चैत १२ गतेसम्म बुझाउन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइन प्रणालीमार्फत बुझाउनुपर्नेछ ।
दरखास्त बुझाउँदा उम्मेदवारकाे उमेर १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै महिला तथा अपांगका हकमा भने ४० वर्ष ननाघेको हुनुपर्ने पनि आयोगको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ