२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

आज सार्वजनिक बिदा

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन १४ गते सोमबार

स्वास्थ्यकर्मीको निधनमा गोरखा नगरपालिकामा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गोरखा नगरपालिका – १४ पियोरबेशीको स्वास्थ्य चौकीमा कार्यरत अहेब किशोर बाबु सेढाईको निधन भएको भन्दै नगरपालिकाले सोमबार आज मातहातका सबै कार्यालयहरूमा सार्वजनिक बिदा गरेको हो ।

गोरखा नगरपालिकाको आइतबारको निर्णय अनुसार सोमबार  नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, सम्पूर्ण शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा सार्बजनिक बिदा गरिएको प्रकाशित सार्बजनिक सुचनामा जनाइएको छ ।

प्रकाशित मिति : २०८० फागुन १४ गते सोमबार