२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

सुनचाँदीको मूल्य बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० फागुन ९ गते बुधबार

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८० फागुन ९ गते बुधबार