सूचनाको शक्ति - The Power Of Information

        

हेमन्त र बिन्दुको `धर्ती माथीको जून ´ मा अनुप कविता (भिडियो)

गायक हेमन्त शर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘धर्तीमाथि जून’बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक हेमन्त शर्मा र  गायिका बिन्दु पौडेलको आवाज रहेको छ ।

गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ। गीतमा संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन्। गीतको म्यूजिक भिडियोमा बिरलै देखिने फिल्मका नायक अनुप विक्रम शाहीले अभिनय गरेका छन्।

शाहीसँग मोडल कबिता नेपाली पहिलो पटक सहकार्य गरेकी छिन्। नवराज उप्रेतीले छायांकन गरेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन्।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतवार १६:३८

लोकप्रिय