२०८३ वैशाख १९ , शनिबार 2, May 2026, Saturday

त्रिवि पनिकाले नियन्त्रणमा लियो वेबसाइट, देखिन थाल्‍यो सूचना

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २८ गते आइतबार

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)को वेबसाइट ह्याक भएको लामो समयपछि सूचना देखिन थालेको छ। पनिकाको वेबसाइट (tuexam.edu.np) खोल्दा अहिले माघ २४ गते जारी भएको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना देखिएको छ।

उक्त सूचनाबाहेक थप अरू केही देखाएको छैन। यसअघिसम्म अहिले वेबसाइट खोल्दा मात्रै ‘वेबसाइट इज अण्डर मेन्टिनेन्स’ मात्रै देखाइरहेको थियो। त्रिविले यही माघ १५ गते अनलाइन सेवा सुरु गरेको थियो।

त्रिविका निमित्त उपकुलपतिबाट कम्प्युटरको माउस क्लिक गरी अनलाइन सेवा शुभारम्भ भएपछि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दिएका थिए।

तर, अनलाइन सेवा सुरु गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै पनिका बल्खुको वेबसाइट सामान्य ह्याकरको नियन्त्रणमा पुग्यो। त्यसपछि हालसम्म त्रिविले उक्त ह्याक भएको बैवसाइट आफ्नो अधिनमा ल्याउन सकेको छैन। जसकारण लाखौँ विद्यार्थीहरू मारमा परेका छन्। त्रिविले भने अहिले बनाउने काम भइरहेकाे जनाएकाे छ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतबार