२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday
मौसम पूर्वानमान महाशाखा

आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

बाँकी भागमा मौसम मुख्यतया सफा
सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ २६ गते शुक्रबार

पहाडी भूभागमा अहिले आंशिक बदली छ। तराईका धेरै स्थानमा हुस्सु लागेको छ।

  दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रबार