बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४०औँ ओभर चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नारा र ब्यानरबाजी गरेका थिए ।
प्रहरीले समर्थकको नाराबाजी रोक्ने कोसिस गर्दा केही बेर घम्साघम्सीको स्थिति बनेको थियो ।
त्यसपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाएका दुईजनालाई नियन्त्रणमा लिएको हो । घम्साघम्सीका कारण खेल केही बेर अवरुद्ध बनेको थियो ।
जारी खेलको ४१.२ ओभर सकिँदा नेपालले सात विकेट गुमाएर १८१ रन बनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ