नेपालगञ्ज उपमहानगरपालिकाको गणेशमान चोकदेखि धम्बोझी चोकसम्म सुर्खेत रोडमा फुटपाथ निर्माण कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले डेढ मिटर चौडा फुटपाथ निर्माण कार्यको शुभारम्भ गरेका छन् ।
राज बिल्डर्सले फुटपाथ निर्माण गर्न थालेको इन्जिनियर चन्दन राज दासले बताए । १ करोड लागतमा बन्न थालेको फुटपाथ चालू आर्थिक बर्षमा सुर्खेत रोडको पश्चिमतर्फ निर्माण गरिने दासले जानकारी दिए। जेठ मसान्तसम्म फुटपाथ निर्माण सम्पन्न हुनेछ।
यस्तै वीपी चोकदेखि धम्बोझी चोकसम्म मिडियन रेलिङ कार्य सुरु गरिएको छ । नगर प्रमुख विष्टले मिडियन निर्माण कार्यको अनुगमन गरेका छन् । नगर सौन्दर्यकरण, हरियाली प्रवर्द्धन र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडकको बीच भागमा बृक्षारोपण र रेलिङ निर्माण कार्य सुरु गरिएको नगर प्रमुख विष्टले बताए । ४० लाख लागतमा यसै आर्थिक बर्षभित्र निर्माण कार्य सक्ने गरी नेपाल विल्डर्सले काम थालेको योजना तथा प्राविधिक शाखा प्रमुख भुपेन्द्र बोहोराले जानकारी दिए ।
उता नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १९ आलानगरमा सडक स्तरोन्नति र नाला निर्माण कार्य सुरु भएको छ । ३१० मिटर लामो र १० मिटर चौडा सडक स्तरोन्नति तथा ७२।५ सेन्टिमिटर चौडा नाला निर्माण कार्यको नगर प्रमुख विष्टले शिलान्यास गरेका छन् ।
आलानगरदेखि फारम टोल जोड्ने उक्त बाटो ग्राभेल र दुईतर्फी नाला आरसीसी ढलान गरिने इन्जिनियर इश्वरी सापकोटाले बताइन् । विशाल निर्माण सेवाले जेठ १५ गतेसम्म ७० लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी काम थालेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके