नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।
३३ विद्यालयका ६ सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमीले खेल्नेछन् । छात्रातर्फ मनकामना मावि खजुरा र नेपालगन्ज मोडेल एकेडेमीले प्रतिस्पर्धा गर्नेछन् ।
बाँके जिल्ला फुटबल सङ्घको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको छात्रतर्फको सेमिफाइनलमा सेन्ट जेभियर्सले जय बागेश्वरी पराजित गरेर फाइनलमा पुगेको हो । नेपालगन्ज मोडेलले कृष्ण मावि कोहलपुरलाई हराउँदै फाइनलमा पुगेको हो ।
धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको प्रतियोगितामा सेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजित गरेको थियो । नेपालगन्ज मोडेलले कृष्ण माविलाई ट्राइबेकरमा ३–० गोलले पराजित गरेको थियो ।
यसैगरी छात्रातर्फ मनकामना मावि खजुराले जनसेवा मावि गिजरालाई ट्राइबेकरमा ४–३ गोलले पराजित गर्दै फाइनलमा पुगेको हो । प्रतियोगितामा छात्रतर्फ २८ र छात्रातर्फ पाँच वटा स्कुलले भाग लिएका छन् । ११ दिन सम्म चलेको प्रतियोगितामा बाँकेका आठ स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयको मावि स्तरका टिमले भाग लिएका थिए ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर कैलाली जिल्लासँग मैत्रीपूर्ण फुटबल खेल्ने तयारी भएको आयोजक बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके