पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतङ्ककारी हमलामा कम्तीमा १० प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
अज्ञात आतङ्ककारीहरूको समूहले डेरा इस्माइल खान जिल्लाको चौधवन प्रहरी चौकीमा स्नाइपर गन, स्वचालित राइफल र ह्यान्ड ग्रेनेडहरू प्रयोग गरेर आक्रमण गरेको प्रहरी स्रोतले बताएको हो । आक्रमणलगत्तै प्रहरी र सुरक्षाकर्मी घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए ।
मृत्यु हुनेमा आमचुनाव अघि आक्रमण बढेपछि सो क्षेत्रमा खटिएका स्वाबी जिल्लाका इलाइट फोर्स अफ पुलिसका ६ जना अधिकारी छन् । प्रहरी र सुरक्षा बल पुग्नुअघि नै आक्रमणकारीहरू घटनास्थलबाट भाग्न सफल भएका थिए ।
प्रहरीले उक्त क्षेत्रमा जाने सबै सडक सिल गरी खोजी अभियान सुरु गरिएको जनाएको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ