२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार ५ अर्बमाथि

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ १६ गते मंगलबार

लगातार दुई दिन बढेको सेयर बजारले आज पनि सोही दिशालाई निरन्तरता दिएको छ। नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ।

दोहोरो अंकले बढेको सेयर बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। चन्द्रगिरि हिल्स,समाज लघुवित्त वित्तीय र रावा इनर्जी डेभलपमेन्टको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी सिनर्जी पावर डेभलपमेन्टको ८.७२ र सिंगटी हाइड्रोपावरको ८.२३ प्रतिशतले सेयर मूल्य बढ्यो।

यसदिन मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको ८.३५ प्रतिशतले सेयर घट्यो। गुराँस लघुवित्त,एनआईसी एसिया ब्यालेन्स र विन्ध्यावासिनी हाइड्रोपावर गुमाउने पाँच कम्पनीभित्र परे। ७५ करोड बढी मूल्यको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

नगदी ग्रुपको २२ करोड,नेपाल रिइन्स्योरेन्सको २० करोड,अरुण भ्याली हाइड्रोपावरको १४ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड बढि मूल्यको सेयर कारोबार भयो। आज ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँमा खरिदबिक्री भए।

१४ अंकले बढेको सेयर बजारमा सोमबारको तुलनामा कारोबार रकम बढी हो। सोमबार ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।  १३ उपसमूहमध्ये ९ वटाको सूचक सकारात्मक देखिदा ४ वटाको सूचक घटेको हो।

कारोबारमा  आएका १५२ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने बाँकी १० कम्पनीको मूल्य ओरालो लाग्यो।

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार