२०८३ जेठ १६ , शनिबार 30, May 2026, Saturday

ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री साउदविरुद्ध उजुरी

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ १६ गते मंगलबार

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री झपट साउदले सापटी रकम माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै बझाङका एकजनाले प्रहरीमा उजुरी दिएका छन्। बझाङको बुँगल नगरपालिका वडा नम्बर १ का धन बहादुर बोहराले मन्त्रीविरुद्ध उजुरी दिएका हुन्।

मन्त्री साउदले विभिन्न मितिमा आफूलाई साह्रै समस्या छ भनी ऋण सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको उनको भनाइ छ।

बोहराले आफ्नो ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी हालेका हुन् । धनबहादुरको उजुरी माघ १५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको छ ।

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार