राष्ट्रिय युवा संघ मकवानपुर आयोजक समितिको सहसंयोजक बनेका युवाले हेटौँडा बजारमा दादागिरी देखाएका छन् । जिल्लामा पहिलो पार्टीको रुपमा रहेको नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको अधिवेशन आयोजक समिति सहसंयोजक सविन लामासहितको टोली मादक पदार्थ सेवन गर्दै होटल सञ्चालकलाई कुटपिट गरेको छ ।
कुटपिटबाट होटल सञ्चालकलाई गम्भीर घाइते भएका छन् । हेटौँडा–१ स्थित रुम्बाज् होटलमा मादक पदार्थ सेवन गरेर सबिनका साथी मिलन लामाले मनपरी बोलेसँगै झगडा बढेको हो । होटलमा लफडा परेसँगै मिलनले राष्ट्रिय युवा संघका सहसंयोजक रहेका लामालाई बाउन्सरका रुपमा उभ्याएको र झगडाले ठूलो रुप लिएको स्थानीयले बताए ।
पछिल्लो समय सामाजिकरुपमा उभिँदै आएको राष्ट्रिय युवा संघ फेरि गुण्डाराजको सन्देश दिने प्रयत्नमा उत्रिएको स्थानीयको गुनासो छ । बाहिरबाट केटा बोलाएर होटल सञ्चालक रोशन तामाङमाथि सांघातिक आक्रमण भएको थियो । घाइते तामाङको मकवानपुर सहकारी अस्पताल, आइसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिहीबार राति घटना भएपछि सविन र मिलनलाई शुक्रबार बिहान २ बजे नियन्त्रणमा लिइएको थियो । शुक्रवार घटनाबारे बुझ्दाबुझ्दै म्याद थप गर्ने समय नमिलेर शनिबार अदालत बन्द रहेकाले आइतबार म्याद थप गरी घटनाबारे अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निरीक्षक प्रकाश शाहले बताए । युवा संघका जिल्ला तथा पार्टीका नेता घटनालाई सामसुम पार्ने तयारीमा रहेको बताइएको छ ।
प्रहरीलाई समेत प्रलोभनमा पारेर घटनालाई दोहोरो झडपको संज्ञा दिन खोजिएको गुनासो छ । लामो समयसम्म राष्ट्रिय युवा संघको अधिवेशन नभएपछि केन्द्रीय नेतृत्वको दबाबमा जिल्ला आयोजक समिति माघ १० गते मात्र गठन गरिएको थियो । सहसंयोजक बनेको दुई दिन नबित्दै सबिन आक्रमणमा उत्रिएका हुन् । यसअघि उनी चेक बाउन्ससहित विभिन्न मुद्दामा पक्राउ परी छुट्दै आएका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं