२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

नयाँ बानेश्वरमा गुड्दागुड्दै भासियो बस

काठमाडौं नयाँ बानेश्वर सडकमा गुडिरहेको बस भासिएको छ।

कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बसको पछाडिको चक्का भासिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार सडकमुनि खाल्डो वा ढल भएकाले पछाडिको एउटा चक्का भासिएको हो। सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ।

यात्रुहरू सकुशल रहेको उनले जानकारी दिए।

‘बस निकाल्ने तयारी भइरहेको छ,’ उनले भने।

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रबार