२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

सुनको भाउ आज चार सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ ११ गते बिहीबार

सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ ।

चार दिनदेखि घटबढ नभएको सुनको भाउ आज घटेर तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ रहेको थियो।

आज चाँदीको भाउ भने बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको १४ सय रुपैयाँ कायम गरिएको छ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहीबार