२०८३ वैशाख १६ , बुधबार 29, April 2026, Wednesday

आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० माघ ७ गते आइतबार

कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ ।

आज सुनको भाउ तोलाको एक लाख १८ हजार चार सय रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतबार