खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा जागिर खुलेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
कम्पनीले चौथो तहको सहायकदेखि नवौँ तहको सह विभागीय प्रबन्धकसम्मका लागि दरखास्त मागेको हो । कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाउँदै छुट्टाछुट्टै सूचना निकालेकाे छ ।
तोकिएको दस्तुर तिरेर माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
सूचना आजको गोरखापत्रमा प्रकाशित छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ